☰ open Loading... 26 November 2024|  

दैलेखमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो
  | २९ बैशाख २०७८, बुधबार ०७:०४

दैलेख- दैलेखमा कोरोना कारण मंगलबार बिहान ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सेवा कार्यालयले जानकारी दिएको छ । नारायण नगरपालिका–९ की ती महिलाको उपचारको क्रममा दैलेख अस्पतालमै मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि दैलेख अस्पतालमा भर्ना भएकी ती महिलाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
हालसम्म जिल्लामा कोरोना संक्रति हुनेको संख्या दुई हजार ७० पुगेको छ ।