☰ open Loading... 27 November 2024|  

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री
  | ३० बैशाख २०७८, बिहीबार २०:३६

काठमाडौं – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्।बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिन लागेका बेला उनीहरु पछि सरेका छन्। यससँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनस् सरकार बन्ने लगभग पक्का भएको छ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनको दावी गर्दै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा तत्काल पछि सरेका हुन् एमाले अध्यक्ष ओली र एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालबीच वार्ता भएपछि नेपालसम्बद्ध सांसदहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज दिने भनिएको राजीनामा नदिने भएका थिए।

त्यसअघि बिहीबार नै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पनि देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने भनेर पन्छिएका थिए। यी घटनाक्रमसँगै देउवा -प्रचण्ड सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ दुई निलम्बित र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।