जाजरकोट — भेरी नगरपालिका–४ की ४५ वर्षीया महिला संक्रमितले पनि उपचार अभावमै ज्यान गएकाृ छ । श्वासप्रश्वासमा जटिल समस्या आएपछि नेपालगन्ज लैजाने क्रममा उनीको बाटोमै ज्यान गएको हो।
जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थामा अक्सिजन र भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको उपचार गर्न समस्या भएको छ । जिल्ला अस्पतालमा उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको अभावमा कोरोना संक्रमितलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता हो ।
तालिम प्राप्त जनशक्ति नहुँदा गत वर्ष २६ लाख रुपैयाँमा खरिद गरिएको भेन्टिलेटर प्रयोगविहीन बनेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सरकारसँग भेन्टिलेटर सञ्चालनका लागि पटकपटक विशेषज्ञ चिकित्सक माग गरिए पनि बेवास्ता भएको जिल्ला स्वास्थ्य प्रमुख टीकाराम जैसीले बताए ।
अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा नभएपछि कोरोना संक्रमितलाई जिल्लाबाहिर रेफर गर्नुको विकल्प नभएको उनले बताए । बेहोस बनाउने एनेस्थेसियालोजिष्टलगायत विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर सञ्चालन गर्न समस्या भएको छ । ‘