☰ open Loading... 7 November 2025|  

कोरोना कारण ,एकै घरका तीनको मृत्यु
  | ३१ बैशाख २०७८, शुक्रबार १२:५६

कोरोनाका कारण बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।