☰ open Loading... 27 November 2024|  

बाँकेमा थप ८ संक्रमितको मृत्यु
  | ३१ बैशाख २०७८, शुक्रबार १३:०४

कोरोना संक्रमणका कारण बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १र१ जना बर्दिया, सल्‍यान र कैलालीका छन्।

 

भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका-१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका-६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १:१५ बजे, खजुरा गाउँपालिका-३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका(५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर( बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा ९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६ बजे तिर मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका १ सल्‍यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७:३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।