| ३१ बैशाख २०७८, शुक्रबार २०:१९
सल्यान — सल्यानमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका दुई र जिल्ला अस्पतालमा एकको मृत्यु भएको हो ।
होम आईसोलेसनमा मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका ६ का ७६ वर्षीया महिला, वडा नं ७ का ५० वर्षीय पुरुष रहेका छन् । जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बाग्चौर नगरपालिका ४ की ६३ वर्षीया महिला रहेको जिल्ला अस्पताल सल्यानका स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । तीन जनाको मृत्युसँगै सल्यानमा कोरोनाबाट मर्नेको संख्या २५ पुगेको छ ।