☰ open Loading... 5 February 2025|  

जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर प्रदान
  | ३ जेष्ठ २०७८, सोमबार ११:०२

 

 

सल्यान : जिल्ला अस्पताललाई सेल्फ हेल्प अभियान समूहले सल्यान २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। सेल्फ हेल्प समूहले ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार’ अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक संकलन गरेको थियो।

 

 

सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई चार लाख ४० हजार रुपैयाँको लागतमा २० अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको पत्रकार तथा अभियन्ता आशिक केसीले जानकारी दिए। सबै नेपालीको एक एक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा सिलिण्डर प्रदान गरेको अर्का अभियन्ता गोविन्द शर्माले बताए। अक्सिजनको कमीले  कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने आशाका साथ अभियान सञ्चालन गरेको उनको भनाइ छ।

एक हप्ता सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको अक्सिजन सिलिण्डर खरिद गरेको शर्माले बताए। संकलन गरिएको केही  रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगका लागि अर्को अभियानको पनि तयारी भइरहेको उनको भनाइ छ।थाहा खबरबाट