| ५ जेष्ठ २०७८, बुधबार १९:३०
काठमाडौं : नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभर पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी जम्मा ८,१७३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौं उपत्यकामा २ हजार ४ सय ८६ संक्रमित भेटिएको मन्त्रालयको भनाइ छ ।त्यस्तै कोरोनाका कारण थप २४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार दुई सय ५२ पुगेको छ ।