नेपालगञ्ज । बाँकेमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ । बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् । हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ ।कोरोना संक्रमणदर दिनप्रति दिन बढेसंगै लकडाउनलाई कडाई गर्न प्रहरी प्रशासनलाई थप कडाई गरिएको देखिन्छ एक नागरिकले भन्नुभयो । बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ ।
आवतजावतमा कडाई गरिएको छ स्थानिय एक नागरिकले भन्नुभयो । यो भयावह स्थितिमा अझ कडाई गरि कोरोनाको महामारीलाई परास्त गरिनुपर्ने धारणा उहाँले राख्नुभयो ।विहान खुकुलो बनाउने तर दिनभरी कडाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ । जिल्ला प्रशासनले दिनरात कडाई गरिनुपर्ने स्थानियको भनाई छ ।
विहान र साँझा भिड गर्ने दिनभरी कडाई गरिने प्रबृत्ति गलत रहेको उनिहरुको भनाई छ । कोरोनाको हटस्पट मानेको बाँकेमा थप कडाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ ।