☰ open Loading... 26 November 2024|  

खाद्यबस्तुमा कालोबजारी
  | ६ जेष्ठ २०७८, बिहीबार १८:३७

दैलेख, – दैलेखमा लकडाउनको मौका छोपेर खाद्यबस्तुको मुल्यमा मनपरि भएको पाईएको छ । भान्छाका लागि चाहिने खाद्यबस्तुको मूल्य निरन्तर दिनानुदिन उकालो लाग्न थालेपछि उपभोक्ताहरुको ढाड सेकिएको हो ।
१६ सय रुपैयाँ पेटी पर्ने सनफराउर तेल अहिले २७ सय रुपयाँ पर्छ, चामल, दाल लगायतका खाद्य बस्तुको भाउ उस्तै महगो छ । दैनिक उपभोग्यका सामाग्री ओसार पोसार गर्न अनुमती दिएपनि जिल्लामा अभाव देखाएर ब्यापारिहरुले मूल्यमा मनपरि गरेको उपभोक्ताहरु बताउँछन् । हरेक सामान पहिलोको भन्दा मूल्य बढी तोकिएको उपभोक्ता लक्ष्मी थापाले बताईन् । निर्माण सामाग्री र खाद्यबस्तु स्थानीय प्रशासनले ल्याउने अनुमति दिएको बेला ब्यापारीहरुले मूल्य बढी तोक्दा समेत सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन भएको छैन् । भ्याद गुज्रेको बाहेक उपभोक्ताले कति पैसा हालेर किनमेल गर्छन भन्ने अनुगमनकर्ताले ख्यान नगरेको पाईएको स्थानीय अगुवाहरु बताउँछन् । कृतिम अभाव देखाएर मूल्य वृद्धि गरेको पाईएमा कावाही हुने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । अनुगमन तथा मूल्यमा एकरुपता ल्याउनका नसकिदाँ उपभोक्ताहरु मारमा परेका छन् । स्थानीय तहले पनि अनुगमनमा चासो दिएको छैन् । विहान ९ बजेसम्म खाद्यबस्तु किनमेलको लागि पसल खुल्ने गरिएको छ । त्यस्तै दैनिक उपभोग्य सामाग्रीमा ब्यापारीहरुले भ्याट छली गरी उत्पादन गरिएको सुर्तीजन्य बस्तु विक्रि गरेको पाईएपनि अनुसन्धान हुन सकेको छैन् । ब्यापारिबाट गलत काम हुन नसक्ने र यदि तोकिएको दररेटभन्दा बढी मूल्यमा विक्रि गरेको पाईए उहाँहरु आफै कार्वाहीको भागेदार हुने दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले बताए ।