☰ open Loading... 26 November 2024|  

बस्नेतले पठाए दैलेखमा अक्सिजन सहितको १५ थान सिलिण्डर
  | ७ जेष्ठ २०७८, शुक्रबार ०६:२८

दैलेख ।देशभर अक्सिजन सिलिण्डरकोअभाव भइरहेकोबेला औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा दैलेख जिल्लाको लागि अक्सिजन सहितको १५ थान सिलिण्डर दैलेख ल्याईएको छ । अक्सिजन सहितको १५ वटा सिलिण्डर बिहीवार दैलेख अस्पतालमा ल्याईएको होे । अक्सिजन सहितको १५ वटा सिलिण्डर मध्ये १० वटा दैलेख अस्पतालमा राखिएको छ । बाँकी पाँच वटा भगवतीमाई गाउँपालिकाका लागि पठाईएको छ ।

जिल्लामा अक्सिजनको अभाव रहेको अवस्थामा अक्सिजन अभावका  कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि व्यक्तिगत रुपमा अक्सिजन सिलिण्डर व्यवस्थापनमा लागि परेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले जानकारी दिए ।