☰ open Loading... 26 November 2024|  

पूर्व विद्यार्थीको जिल्ला मोह
  | ८ जेष्ठ २०७८, शनिबार १०:२५

दैलेख ः विद्यार्थीले सहयोग रकम उठाएर स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेका छन् ।दैलेख सदरमुकाममा रहेको त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीहरु मिलेर स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर १ थान र अक्सिजन माक्स १५ थान हस्तान्तरण गरिए छ ।

बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाईरसको उच्च भइरहेका समयमा यस विद्यालयका एस एल सी ब्याच २०६० का पुर्व बिधार्थीहरूद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । ब्याच २०६० का पुर्व बिधार्थीहरूको सामुहिक निर्णय अनुसार जिल्लामा स्वास्थ्य सामाग्रिहरूको अभाव खड्किएको भन्दै सानो भएपनि सहयोग स्वरूप स्वास्थ्य सामाग्री विद्यालयका प्रधानध्यापक निरक तारामी मार्फत स्वास्थ्य सेवा कार्यालयलाई हन्तान्तरण गरिएको हो ।

पुर्व बिधार्थीहरू ५३ जनाको समुहले बिपतको घडिमा आ–आफ्नो स्वईच्छाले सामुहिक रूपमा एक लाख पचास हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री बिद्यालयका प्रधानाध्यापक मार्फत स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हन्तान्तरण गरिएको उमेश प्याकुरेलले जानकारी दिए ।