☰ open Loading... 26 November 2024|  

एम्बुलेन्स समयै नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित
  | ८ जेष्ठ २०७८, शनिबार १२:४७

सल्यान- स्वास्थ्यकर्मीले समयै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित भएका छन्।बनगाड कुपिण्डे नगरपालिका- १ सल्लीबजारका एक स्थानीयको गएराति मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मीलाई कारबाही नगरेसम्म आन्दोलन गरिरहने उनीहरूले अडान कसेका छन्। आन्दोलनकारीले अहिले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको घर घेरा हाली आन्दोलन गरिरहेका छन्।

उता स्वास्थ्यकर्मी बासु पोख्रेलले आफूलाई साढे ३ बजे फोन आएको र ४ बजे ल्याउँदा एम्बुलेन्सभित्रै मृत्यु भएका बताएका छन्। फोन गरेको आधा घण्टामा नै एम्बुलेन्सभित्रै उनको मृत्यु भएपछि स्वास्थ्यकर्मीको कसरी कमजोरी हुन्छ भनी प्रश्न गरे।