सुर्खेत, । राधा पौडेल फाउण्डेशनले कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगर नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश अस्पतल र कोभिड अस्पताल वीरेन्द्रनगरलाई फाउण्डेशनको तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । ६ वटा कन्सन्ट्रेटर, २० वटा पिपीई सेट, १० वटा अक्सिमिटर, १०० वटा फेस शिल्ड, महिला स्वास्थ्यकर्मीका लागि सेनेटरी प्याड लगायतका सामग्री दुईवटा अस्पाललाई दिईएको हो । जसमध्ये प्रदेश अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा पिपीई सेट, ५ वटा अक्सिमिटर, ५० वटा फेसशिल्ड सहयोग गरिएको छ । यस्तै २ वटा कन्सन्ट्रेटर, १० वटा पिपीई सेट, ५ वटा अक्सिमिटर र ५० वटा फेसशिल्ड सहयोग गरिएको छ । महामारीका बेला आ–आफ्नो तर्फबाट गर्न सकिने सहयोगमध्ये फाउण्डेशनले गरेको उक्त सहयोगले कोभिडविरुद्ध लडिरहेका बिरामी र स्वास्थ्यकर्मीहरुका लागि थोरै भएपनि राहत हुने अपेक्षा गरिएको फाउण्डेशनका प्रतिनिधि नगेन्द्र उपाध्यायले बताए।
| ९ जेष्ठ २०७८, आईतवार ०६:१६