☰ open Loading... 25 November 2024|  

निषेधाज्ञाको मारमा कामदार
  | ९ जेष्ठ २०७८, आईतवार ११:०५

हुम्ला — दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा हुम्लाको सिमकोट विमानस्थलमा काम गरेर जीवन धान्दै आएका महिला मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको कारण उनीहरू मारमा परेका हुन् । हुम्लामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

 

सिमकोट विमानस्थलमा दैनिक करिब १ सय महिला भरियाको काम गर्छन् । उनीहरूले विमानबाट आएको खाद्यान्न, पसलको सामान र यात्रुका झोला बाकेर होटलसम्म पुर्‍याउँदै आएका छन् । १३ वर्षदेखि भरियाको काम गर्दै आएकी सिमकोटकी बाँचु सुनारले पछिल्लोपटक आएको कोरोनाले बढी पीडा दिएको बताइन्  ।