| ९ जेष्ठ २०७८, आईतवार १९:३८
रुकुम पश्चिम – कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि रुकुम पश्चिममा निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा बसेका बिरामीका लागि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह को समन्वयमा खानाको व्यवस्था गरिएको हो । अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले बताए ।
अस्पतालमा सङ्क्रमितका लागि उचित खाना–खाजाको व्यवस्था नभएको र निषेधाज्ञाका कारण खाना पुर्याउन आफन्तलाई समस्या भएकाले निःशुल्क खानाको व्यवस्था गरिएको छ।अहिले जिल्ला अस्पतालको आइसोलेशनमा ३५ जना बिरामी छन् ।