☰ open Loading... 25 November 2024|  

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
  | ११ जेष्ठ २०७८, मंगलवार १०:५६

 

 

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा। रविन खड्काले जानकारी दिए ।

डा। खड्काका अनुसार मृतकमध्ये सुर्खेतका तीन जना र सल्यानका एक जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।