☰ open Loading... 8 February 2025|  

काेराेनाबाट मृत्यु भएकाका परिवारलाई महाबु गाउँपालिकाले ५० हजार रकम दिने
  | ११ जेष्ठ २०७८, मंगलवार २०:३१

दैलेख -दैलेखको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ। कोरोना भाइरसका कारण गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा प्रति व्यक्ति ५० हजार दिने निर्णय गाउँ कार्यपालिकाले गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पाँच बेडको अक्सिजनसहित २५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको ल्याएको छ। महाबु गाउँपालिकामा हालसम्म ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ।