| १३ जेष्ठ २०७८, बिहीबार १०:२७
सल्यान — सल्यानमा कोरोनाबाट बुधबार राति थप चार जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।
कोरोनाबाट शारदा नगरपालिका–५ का ५१ वर्षीय, वडा नं १५ का ७७ वर्षीय, बाग्चौर नगरपालिका–९ का ६२ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाउँपालिकाकी ६१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज डा। भीमकान्त जैसीले बताए । चारमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई रिफर गर्दा पनि विभिन्न कारणले जान नमानेपछि अस्पतालमै मृत्यु भएको उनले जानकारी दिए ।