☰ open Loading... 20 November 2024|  

माधव-झलनाथ समूहले सुर्खेतमा पनि बनायो समानान्तर कमिटी
  | १६ जेष्ठ २०७८, आईतवार ०८:५७

सुर्खेत- सुर्खेतमा माधव–झलनाथ समूहले सुर्खेतमा नेकपा समानान्तर कमिटी गठन गरेको छ। मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली छन्। लामो समयदेखि माधव–झलनाथ समूहलाई साथ दिँदै आएका एमाले सुर्खेतका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही संस्थापन पक्षमा लागेका छन्।बडुवाल यसअघि जिल्ला कमिटीकासचिव थिए। रास्कोटी यसअघि उपसचिव थिए। त्यस्तै सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष भइसकेका हुन्।