☰ open Loading... 25 January 2025|  

एसईई वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति
  | १६ जेष्ठ २०७८, आईतवार १९:५८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले बताए। ‘सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको हो’ उनले भने, ‘अनुमति पाउने अपेक्षा छ।’

 

बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समिति एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।

गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो।यसपटक पनि एसईई आन्तरिक मूल्यांकन वा यस्तै वैकल्पिक विधिबाट लिने गरी बोर्डको तयारी छ।महामारीका कारण परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् ।कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।