| १७ जेष्ठ २०७८, सोमबार १५:३२
सल्यान-सल्यानमा चार बालबालिकाको बिचल्ली भएको छ।एक वर्षको अन्तरालमा बाबुआमाको मृत्यु भएपछि छत्रेश्वरी गाउँपालिका ४ भेरीखोरका १२ वर्षीया अमृता ओली, ११ वर्षीय मोहन ओली, ८ वर्षीय तिलक ओली र ५ वर्षीया जानकी ओलीको बिचल्ली भएको हो।
एक वर्षअघि आमा आशा र बाबु भीमबहादुर ओलीको दुई महिनाअघि मृत्यु भएको थियो । आशाको दम रोगले थलिएर मृत्यु भएको थियो भने भीमबहादुर भीरबाट लडेर ज्यान गएको हो।
आमाबाबु गुमाएपछि उनीहरूलाई खानलाउन मुस्किल भएको छ । उनीहरू अहिले काका खिमबहादुर ओलीसँग बस्दै आएका छन् । तर खिमबहादुरको पनि आर्थिक अवस्था कमजोर भएपछि बालबालिकाको बिचल्ली भएको हो ।
कसैले बालबालिकाको पालनपोषणमा सहयोग गरे ठुलो पुण्य मिल्ने ओलीले बताए । उनका अनुसार बालबालिका बस्न छाडेपछि भएको एउटा घर पनि भत्किने अवस्थामा पुगेको छ।