☰ open Loading... 18 November 2024|  

कोरोनाबाट थप तीनको मृत्यु
  | १८ जेष्ठ २०७८, मंगलवार ०५:२९

सल्यान — कोरोना कारण सल्यानका थप तीन जना पुरुषको मृत्यु भएको छ । दुई जनाको होम आइसोलेसनमा र एकजनाको उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

कपुरकोट गाउँपालिका ४ का ७६ वर्षीय पुरुष र बन्गाड कुपिण्डे नगरपालिका ७ का ४९ वर्षीय पुरुषको होम आईसोलेसनमा र शारदा नगरपालिका १४ का ६३ वर्षीय पुरुषलाई सुर्खेत लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज डा। भीमकान्त जैसीले बताए । उनका अनुसार केही दिनअघि मात्र उपचारको लागि जिल्ला अस्पताल आएका शारदा नगरपालिका १४ का पुरुषको अवस्था गम्भिर भएपछि उनलाई सुर्खेत रिफर गरिएको थियो ।जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।