| १८ जेष्ठ २०७८, मंगलवार ०५:४६
बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।६६ वर्षीया नन्द कला थापा क्षेत्रीलाई बेल्झुण्डि सामुदायिक वनमा न्यूरो टिप्ने क्रममा पाटेबाघले आक्रमण गरेर जंगल भित्र लगेको थियो ।पछि थापाको खोजी गर्दा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताइन् ।