☰ open Loading... 18 November 2024|  

चीनले दिएको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने
  | १९ जेष्ठ २०७८, बुधबार ०६:१७

 

 

काठमाडौं । चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको हो ।

मन्त्रालयका अनुसार चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज खोप नेपाल आइपुगेको छ । त्यस्तै, बाँकी एक लाख आज काठमाडौं आइपुग्ने बताइएको छ ।६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार रहेका मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।