☰ open Loading... 18 November 2024|  

कर्णालीमा एकीकृत बस्ती विकास गरिने
  | १९ जेष्ठ २०७८, बुधबार ०७:३४

 

सुर्खेत- कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास गरिने भएको छ । त्यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि पारित गरेको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न कर्णाली प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । प्रदेश सरकारले एकिकृत बस्ती विकासको लागि स्तथानीय तहसँग मिलेर काम गरिने बताएको छ ।

छरिएर रहेका ग्रामीण बस्तीमा अपेक्षाकृत विकास गर्न नसकिएपछि सरकारले एकिकृत बस्ती विकासको अवधारणा ल्याएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षमा प्रदेशले हुम्लाको ताजाकोट गाउँपालिका, मुगुको खप्त्याड, कालिकोटको रास्कोट नगरपालिका, डोल्पाको मुड्केचुला र जाजरकोटको जुनिचादे र बारेकोट गाउँपालिकामा २ करोड एकिकृत बस्ती विकासका लागि बजेट पाठाएर काम शुरु गरेको बताएको छ ।

एकिकृत बस्तीका लागि प्रदेशका केही स्थानीय तहले डीपीआर निर्माण गरिसकेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए । प्रदेशका दशवटै जिल्लामा संभावित जोखिम क्षेत्रका बस्तिहरुलाई जोखिम पहिचानगरी सम्बन्धित स्थानीय तहहरुले कायान्वयनको बस्ती स्थानान्टतरण गर्ने काम गरेको  बताएको  छ । अहिले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफु मातहतका दशवटा कार्यायलयमा स्थानीय नागरिकको माग आनूसार बजेट विनियोजन गरिएको बताएको छ । एकिकृत वस्ती विकासका लागि प्रदेश सरकारले २ करोड रकम विनियोजन गरेको छ ।