काठमाडौँ, । गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।
गुर्जो र बेसारजस्ता जडीबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा। ऋषिराम कोइरालाले बताउनुभयो । भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको बताए ।
मानिसको दैनन्दिनी, के खाने रु के नखाने रु जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ । कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउनुहुँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने जानकारी दिए ।
मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चीजबीजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने सल्लाह चिकित्सकको छ । महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ।