| २१ जेष्ठ २०७८, शुक्रबार ११:०६
हुम्ला- हुम्लामा कोरोना संक्रमणका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ।जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको बाटोमै मृत्यु भएको हो।
हुम्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए। सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो।