☰ open Loading... 5 February 2025|  

दैलेखमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप
  | २१ जेष्ठ २०७८, शुक्रबार १५:०८

दैलेख– दैलेखमा स्थानीय प्रशासनले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ  । जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा दश दिन थप निषेधाज्ञा लम्व्याएको हो ।संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सघाउ पुगेको भन्दै थप गरिएको १० दिन निषेधाज्ञा जिल्लाभर लागू हुने दैलेखका प्रहरी इञ्जार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी)अनुपम श्रेष्ठले बताए ।

निषेधाज्ञा अवधिभर जनस्वास्थ्यका मापदण्ड अपनाई विहान ६ बजेदेखि ९:३०बजे सम्म बिहान ग्याँस, तरकारी, खाद्य तथा दुग्ध पदार्थ बस्तु खरिद विक्री गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु विहान १० देखि दिउँसो २ बजेसम्म चल्न दिने गरी लचिलो बनाइएको जिल्ला प्रशासन कार्यालय दैलेखकाले जानकारी दिएको छ । निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन,विकास निर्माणका काम,पेट्रोलियम पदार्थ भने सञ्चालन गर्न पाइनेछ ।