हुम्ला । हुम्लामा कोरोना लक्षणविनाका सङ्क्रमितहरु देखिन थालेका छन् ।अधिकांश गाउँपालिकामा दोस्रो लहरपछि लक्षणविनाका बिरामी देखिन थालेका हुन् ।
एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए। कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले जानकारी दिए ।
जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको बताए । कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको छ ।