| २३ जेष्ठ २०७८, आईतवार ०६:०१
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज शनिबार रातिबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँका दरले वृद्धि गरेको हो ।
नेपाल आयल निगमका अनुसार, मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । निषेधाज्ञाकै बीच निगमले २ जेठमा पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।
मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमले जनाएको छ ।