| २४ जेष्ठ २०७८, सोमबार ०५:२५
दैलेख- दैलेख प्रहरीले स्वास्थ्य सेेेवा कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ।आइतबार दैलेख प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले १० लिटरको एक जना अक्सिजन कन्सेन्ट्रेटर र १० थान मेडिकल अक्सिजन मास्क स्वास्थ्य कार्यालयलाई प्रदान गरेका हुन्। जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरूले आफ्नो तलवबाट केही रूपैयाँ छुट्याएर उक्त सामग्री खरिद गरेका हुन्