☰ open Loading... 6 November 2025|  

कर्णाली प्रदेशसभा बैठक आज पनि बस्दै
  | २६ जेष्ठ २०७८, बुधबार ०७:२६

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक आज पनि बस्दैछ । सोमबार र मंगलबार बस्न नसकेको बैठक बुधबारका लागि पनि बोलाइएको हो । तर बैठक सञ्चालन हुने एकिन छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई तत्काल बर्खास्त गर्न माग गर्दै सोमबारको बैठक चल्न दिएको थिएन भने मंगलबारको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

बुधबार पनि बैठक बस्नु अगाडि सहमतिका लागि प्रयास गरिने कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको सचिवालयले जनाएको छ ।