☰ open Loading... 5 February 2025|  

दुर्घटनामा स्कुटर चालकको मृत्यु
  | ३० जेष्ठ २०७८, आईतवार ०५:२६

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–२२ घर भई काठमाडौं मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।