| ३० जेष्ठ २०७८, आईतवार १०:०९
दैलेख ः दुल्लू अस्पताललाई३० थान अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।
शनिबार दुल्लु अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर र करीब २५ हजार बराबरको अन्य स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । बेलायतमा बस्दै आएका दुल्लु नगरपालिका वडा नं ७ का कृष्णजंग शाहले ब्यक्तिगत लगानीमा नगरपालिकालाई सामाग्री सहयोग गरेेेका हुन।
कोरोना माहामारीले विश्वनै जोखिमा रहेका र नगरपालिकाका नागरिकहरु आक्रान्न भएको समयमा ब्यक्तिगत खर्च जुटाई स्थानिय नातेदार मार्फत सामाग्री सहयोग हस्तान्तरण गरेको दुल्लू नगरपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर रावतले जानकारी दिए।
विदेशी भूमिमा रहेर पनि कोरोना महामारी नियन्त्रणको लागि नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा दुल्लू नगरपालिकाले उहाँलाई धन्यवाद दिएको छ ।