☰ open Loading... 17 November 2024|  

लगातार वर्षाका कारण दुई घर भत्किए, एक महिला घाइते
  | २ असार २०७८, बुधबार ०५:१५

गुल्मी- लगातारको वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिकाको वडा नं।५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किँदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घाइते परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।



घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनीहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खोटिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो ।



त्यस्तै वडा नम्वर एक उजुङ्गका छत्र बहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथिबाट पहिरोसहित खसेको ठूलो ढुंगाले घरमा पुर्ण रुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए ।