☰ open Loading... 5 February 2025|  

मनसुन सक्रिय : बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
  | ४ असार २०७८, शुक्रबार ०५:४१

सिमकोट- केही दिनदेखिको लगातारको वर्षाका कारण जताततै बाढी पहिरो खनिने अवस्था छ । यस्तो अवस्थाले हुम्लामा पनि प्रभाव पारेको छ । यसको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विहिवार प्रशासनले गाउँपालिकालाई पत्राचार गर्दै जोखिम स्थानमा रहेका बस्तीहरुको धनजनको क्षति सुरक्षा गर्नमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

हुम्लाका सात वटै गाउँपालिकाहरलाई प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पत्राचार गर्दै वर्षाबाट आउन सक्ने बाढी पहिरोको जोखिमबाट बच्न बचाउँन सतर्कता अपनाउन आग्रह गरिएको हो ।हालसम्म जिल्लामा बाढी पहिरोबाट कुनै क्षति भने भएको छैन । नभएपनि सतर्कता अपनाउनु पर्ने प्रजिअ आचार्यले बताए । तीन दिनदेखि लगातार वर्षा भएको भएपनि हालसम्म जिल्लामा कुनै क्षति नभएको बताउँदै उद्धार तथा राहतका लागि आवश्यक तयारीमा रहेको बताए ।