☰ open Loading... 16 November 2024|  

कर्णाली भन्दा काठमाडौैंमा उग्र जातीय विभेद
  | ४ असार २०७८, शुक्रबार ०५:४६

काठमाडौँ : विभेदले थिचिएको कर्णालीभन्दा काठमाडौँमा उग्र जातीय विभेद देखिएको छ । जसकारण काठमाडौँमा पत्रकार र कलाकार नै विभेदमा पर्ने गरेका छन् । काठमाडौँमा जातीय विभेद गरेपछि एक पत्रकारले प्रहरीमा उजुरी दर्ता गरेकी छिन् ।

बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानविरुद्ध पत्रकार तथा कलाकार रुपा सुनारले बिहीबार सिंहदरबार प्रहरी वृत्तमा उजुरी दर्ता गरेकी हुन् । मंगलबार कोठा खोज्ने क्रममा उनलाई घरबेटी प्रधानले जातीय विभेद गरेकी थिइन् । जुन कुरा रुपाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

सोही सुझावसँगै घरबेटीविरुद्ध कानुनी लडाई लड्न उनले बिहीबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । उजुरीमा उनले आफूमाथि जातीय विभेद गर्ने घरबेटी प्रधानलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन । इमेज टेलिभिजनमा कार्यरत सुनार पेशाले मोडलिङमा पनि सक्रिय छिन् ।