☰ open Loading... 17 November 2024|  

नेपालमा थपिए २,२९७ जनामा कोरोना संक्रमण
  | ७ असार २०७८, सोमबार १९:५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

कोरोना संक्रमित काठमाडौंभन्दा बागलुङमा धेरै

पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २२२ जना कोरोना संक्रमित थपिएका थिए ।

कुन जिल्लामा कति संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १३०, मोरङमा १२४, सुनसरीमा ११४, चितवनमा ६८ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कास्कीमा ४०, नुवाकोटमा ३९, मकवानपुरमा ३५, भक्तपुरमा ३३, नवलपरासी पूर्वमा ३०, धादिङमा २३, काभ्रेपलाञ्चोकमा २२,संखुवासभा र दोलखामा १८, पाल्पामा १७, सिरहा र रुपन्देहीमा १६र१६ जना, बारामा १५, दाङमा १४, पाँचथरमा १२, इलाम र महोत्तरीमा ११र११ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्वतमा ९, दैलेखमा ८, उदयपुर, सप्तरी र सर्लाहीमा ७र७ जना, धनकुटा, पर्सा, सिन्धुपाल्चोक र लमजुङमा ६र६ जना, तेह्रथुम, भोजपुर, धनुषा र रसुवामा ५र५ जना, सिन्धुलीमा ४, रामेछाप, गोरखा, बर्दिया,बाँके र कञ्‍चनपुरमा ३र३ जना, रौतहट, स्‍याङ्जा र अछाममा २र२ जना तथा ताप्लेजुङ, म्‍याग्दी, गुल्मी, नवलपरासी पश्‍चिम, जुम्ला, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।