☰ open Loading... 19 November 2024|  

उद्योग र व्यापारमा लगानी घट्दै
  | १० असार २०७८, बिहीबार ०८:३४

सुर्खेत, । कर्णालीका प्रदेशका स्थानीय सरकारहरुले उद्योग क्षेत्रमा खास्सै चासो नदिइएको पाइएको छ । स्थानीय सरकारहरु गठन भएको ४ बर्ष वितिसक्दा पनि उद्योग क्षेत्रमा खास्सै चासो नदिएको पाइएको हो । उद्योग क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेशमा स्थानीय सरकारहरु कतै योजना नै नबनाउने योजना बनाएपनि कार्यान्वयन नहुने गरेको देखिन्छ । स्थानीय सरकारहरुले साना तथा मझौला उद्योगहरु स्थापना गरि स्थानीय उत्पादनलाई बढाउँदै रोजगारीका अवसरहरु सिर्जना गर्न सक्नुपर्ने जानकार व्यक्तीहरु बताउछन । तर उद्योग स्थापनाका लागि अहिले सम्म सरकारले लगानी गर्न सकिरहेका छैनन् । स्थानीय सरकारहरुले अब अन्तिम बजेट ल्याउने तयारी गरेका छन ।
चारवटा बजेट कार्यान्वयन गरेको उनिहरुको ध्यान बाटो खन्नेमा मात्र केन्द्रीत भएको सरोकारवालाहरुको भनाई छ ।

यता, स्थानीय सरकारका जनप्रतिनिधिहरुले भने बजेट अभावलाई कारण देखाउँदै उद्योग स्थापना गर्न नसकिएको प्रतिक्रिया दिएका छन । सल्यानकोे त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले उद्योगको सम्भावना कम भएकाले उद्योगको क्षेत्रमा लगानी गर्न नसकिएको कर्णाली रैबारलाई प्रतिक्रिया दिनुभयो । यस्तै, हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष पद्म बहादुर लामाले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने भएपनि त्यसो गर्न नसकिएको स्वीकार गरे । उहाले युवा जनशक्तिलाई उद्योग सञ्चालन गरी रोजगारी दिन सक्ने अवस्था भएपनि बजेट अभावका कारण उद्योग स्थापना गर्न नसकिएको बताए।

जुम्लाको सिंजा गाउँपालिकाले पनि अहिले सम्म उद्योग स्थापनाको लागि बजेट विनियोजन गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष देवल सिंह रावलले फाट– फुटरुपमा राडीपाखि, सुइटरलगायतका सामग्री बनाउने गरिएपनि उद्योग नै नभएकाले पालिकाबाट बजेट दिन नसकिएको जनकारी दिए। यता दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले भने उद्योगका क्षेत्रमा घोषण पत्रमा उल्लेख भए अनूसार नै कामहरु सञ्चालन गरेको दाबी गरेको छ । नगर प्रमुख सुर्य बहादुर शाहीले दुग्द प्रबर्धन, मसला उद्योग, कुखुराको दाना उद्योग र इट्टा उद्योगबाट अहिले उत्पादन भइरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षमा पनि उद्योग क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरिने बताए।