दैलेख । दैलेखको महावु गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट ल्याएको छ।
नवौँ गाउँसभामा गाँउपालिका आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गरेको छ ।जसमध्ये पुँजीगत तर्फ १० करोड ९ लाख र चालु तर्फ ७ करोड २४ लाख बराबर बजेट विनियोजन गरेको छ ।
शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण लगायतका भौतिक संरचना बनाईएको छ । यस्तै परम्परागत कृषि प्रणाली लाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणालीमा ल्याईएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाले बताइन।साथै प्राविधिक तथा बौद्धिक जनशक्ति कमी भएकोले चाहे जस्तो विकास गर्न नसकिएको उनको भनाई छ । वार्षिक भोकमरीको अवस्था यथावत् भएकोले श्रम मा आधारित रोजगारीको अवसर अगाडी ल्याउनुका साथै प्रधानमन्त्री, मुख्यमंत्री, अध्क्षय रोजगार जस्ता कार्यक्रम बाट रोजगारी सिर्जना भएको छ ।
नीति कार्यक्रम आगामी आवको नीति तथा कार्यक्रमलाई महावुले सडकलाई प्रमुख प्राथमिकतामा राखेको छ । पालिकाका सबै सडक स्तरउन्नती गरिने कार्यक्रम छ ।यस्तै मुख्य बजार क्षेत्र कालोपत्रेको पहल गरिनेछ । कृषि तर्फ खाद्य अधिकार मध्यनजर गरी कृषि मा आत्मनिर्भर हुने गरी बजेट व्यवस्थापन गरिएको छ । जग्गा सिञ्चित गर्न बाँकी जग्गालाई यसै वर्ष सिञ्चित गराइने छ ।
खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिईएको छ । यसअघिको अभियानले अहिले २ हजार घरधुरीले स्वच्छ पिउने पानी पाएका छन् । यस्तै अध्क्षय रोजगार कार्यक्रम मार्फत रोजगार सिर्जना गरि, विद्युत विस्तार, महिला उद्यम, गरीब तथा विपन्न परिवार लाई श्रम तथा रोजगारको व्यवस्था गरिनेछ।