☰ open Loading... 20 November 2024|  

एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद
  | ११ असार २०७८, शुक्रबार २०:५५

काठमाडौं । माओवादीबाट निर्वाचित भएर एमाले पार्टीमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका सबैभन्दा धेरै छन् । रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।