☰ open Loading... 5 February 2025|  

कर्णालीमा ४९ प्रतिशत धान रोपाई सकियो
  | १२ असार २०७८, शनिबार ०८:४०

सुर्खेत- कर्णाली प्रदेशमा हाल सम्म ४९ प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । कर्णालीका हिमाली लिल्लाहरुमा ८० प्रतिशत भन्दा बढी रोपाइ भइसकेको छ । कर्णाली प्रदेशको कृर्षी विकास निर्देशनालयका अनूसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लामा ६० प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । यो वर्ष समयमै मनसुन शुरु भएकाले प्रदेशका सबै जिल्लामा असार दोस्रो सातासम्म करिब ४९ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । प्रदेशको ४१ हजार पाँच सय पाँच हेक्टर धान हुने जमिनमध्य हालसम्म २० हजार चारसय १९ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायाले बताए। सुर्खेतमा २० प्रतिशत र दैलेखमा  ४५ प्रतिशत धान रोपाई सकिएको छ ।जाजरकोटमा ६५ प्रतिशत सल्यानमा ६० प्रशिशत६५ प्रतिशत कालिकोटमा७० प्रतिशत र जुम्लामा ९० प्रतिशत धान रोपाई सकिएको छ । यस्तै, मुगुमा ७० प्रतिशत८० प्रतिशत र डोल्पामा ८० प्रतिशत रोपाई सकिएको छ ।