दार्चुला- शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले आफ्नो पालिका भित्रका एक उत्कृष्ट किसानलाई ‘सुनको कोदालो’ दिएर सम्मान गरिने घोषणा गरेका छन् । युवाहरुलाई कृषि कर्ममा प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘सुनको कोदालो’ कार्यक्रम घोषणा गरिएको मेयर धामीले मध्यान्हलाई बताए ।
आर्थिक बर्ष २०७८र०७९ को बार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा उक्त कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ– “कोरोना भाइरसका कारणले देश विदेशबाट रोजगारी गुमाएर घर बसेका युवाहरुलाई कृषि पेशातर्फ प्रेरित गर्दै १८ देखि ४९ वर्षका युवाहरुमध्ये उत्कृष्ट उत्पादन गर्ने कृषक युवालाई निश्चित मापदण्डका आधारमा ‘उद्यमशिल युवा सर्वोत्कृष्ट मेयर कृषक पुरुस्कार’ अन्तर्गत १ जना कृषकलाई ‘सुनको कोदालो’ पुरुस्कार वितरण गरिनेछ ।’
त्यसै गरि मालिकार्जुनको निवास मानिने शैल्यशिखरलाई धार्मिक पर्यटनसंग जोडेर नगरपालिका भित्र रहेका शैल्यशिखर धाम, जगतपुरी धाम, चर्मण्यावती नदी, बन्तोली धाम, थाम शिव लिंग, देवथली जगन्नाथ बेतालेश्वर भगवती स्थल लगायतका महत्वपूर्ण धर्मिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिइने मेयर धामीले बताए ।
आगामी आब २०७८र७९ मा कर्मचारीहरुलाई प्राप्त हुने पर्यटन काजलाई शैल्यशिखर नगरपालिकाका विभिन्न धार्मिक ऐतिहासिक रमणीय पर्यटन स्थलहरुको भ्रमणमा केन्द्रित गर्न ‘शैल्यशिखर नगरपालिका पर्यटन भ्रमण वर्ष २०७८’ घोषणा गरिने पनि कार्यक्रममा उल्लेख छ ।