☰ open Loading... 13 March 2025|  

नेपालमा२४ घण्टा यता ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त
  | १२ असार २०७८, शनिबार १९:१९

काठमाडौँ — २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट गरी ४ हजार ९१४ जना कोरोना निको भएर घर फर्किएका हुन् । यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।

यस्तै २४ घण्टामा देशभर १ हजार १ हजार १७४ संक्रमित थपिएका छन् । विभिन्न जिल्लामा गरिएको ४ हजार ७०४ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो ।

 

यसैगरी, ४ हजार ८०६ एन्टिजेन परीक्षणमा ८४२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ भने क्वारेन्टाइनमा ३६१ जना छन् ।

हालसम्म पीसीआर परीक्षण ३३ लाख १७ हजार ३९ भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।