☰ open Loading... 25 November 2024|  

गुराँस गाउँपालिकाले ल्यायो ५५ करोड भन्दा बढी बजेट
  | १३ असार २०७८, आईतवार ०५:४३

दैलेख -गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ५५ करोड १७ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमाथि असार २८ छलफल गर्ने भएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

आर्थिक बर्ष २०७८र०७९ को नीति कार्यक्रम मार्फत गाउँपालिकाले तेश्रो लिङ्गिलाई मासिक दुई हजार भत्ता दिने घोषणा गरेको हो । आठौं गाउँ सभामा प्रस्तुत नीति कार्यक्रममा भित्र रहेका तेस्रो लिङ्गीहरु अझै समाजको मुलधारमा आउन नसकेको भन्दै भत्ताको व्यवस्था गरिएको उल्लेख छ ।
जसमा एक वा दुईवटा छोरीमै परिवार नियोजन गर्नेलाई पाँच हजार प्रोत्साहन भत्ता दिने बताइएको छ । यसले छोरी माथीको विभेद कम हुने गाउँपालिकाको दाबी छ । त्यसैगरी, डाक्टर पढ्नेलाई ११ लाख, इन्जिनियर, पाइलट र पिएचडी पढ्नेका लागि एक लाख प्रोत्साहन रकम दिने नीति पनि ल्याएको छ ।