☰ open Loading... 5 February 2025|  

कर्णालीमा ९१ प्रतिशतले जिते कोराना
  | १४ असार २०७८, सोमबार ०५:२९

 

 

 

 

 

सुर्खेत -कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन्। शुक्रबार र शनिबार मात्रै कर्णालीका कोरोना जित्नेको संख्या १२४ रह्यो ।कुल संक्रमितमा २५ हजार १२९ अर्थात् ९१ प्रतिशतले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा: रविन खड्काले जानकारी दिए।

एक लाख २० हजार २७८ को पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

 

आइसोलेशनमा बस्ने दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको छ। डा। खड्काका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ। कर्णालीमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। गत वैशाखको दोस्रो साताबाट कर्णालीमा संक्रमण दर निरन्तर बढ्न थालेको थियो । पछिल्ला दिनमा संक्रमण दिनहुँ घटिरहेको छ ।

कोरोना महामारीबाट सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ। सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।