☰ open Loading... 25 November 2024|  

दैलेख कृषि विकास कार्यालयका प्रमुखले गरे लकडाउन उल्लघंन
  | १५ असार २०७८, मंगलवार २१:१०

 

 

दैलेख -कोरोना कहरविच दैलेखमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । स्थानीय प्रशासनले भिड नगर्न उर्दी जारी गरेपनि जिल्ला कृषि विकास कार्यालय दैलेखको आयोजनामा बाक्लो भिड् जम्मा गरेर रोपाईं महोत्सव गरिएको हो । कार्यालय प्रमुख तिलक प्रसाद पाण्डेले भिडभाड नगर्न सिडिओ ले भन्दा पनि अटेर गरेर सयौ संख्यामा मान्छे जम्मा गराएर रोपाइँ महोत्सव गरेका हुन् ।

सुरक्षा सावधानी नअपनाई रोपाई महोत्सव गरिएको सार्वजनिक तस्विरहरुले देखाएको छ । कोरोना जोखीम घटाउन अरुलाई सन्देश प्रवाह गर्ने सरकारी कार्यालय र जनप्रतिनिधिहरुनै सार्वजनिक स्थानमा भिड्भाड गरि कार्यक्रम गर्नुले समाजमा नकारात्म सन्देश फैलिएको स्थानीयहरु बताउँछन् ।

 

 

कार्यालयले नारायण नगरपालिका –७ भनभने भन्ने स्थानमा रोपाई महोत्सव गरेको थियो । जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डे र नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का आफैं आयोजक भई सामाजिक दुरी कायमविनै खेतमा मस्त खेलिएका दृष्यहरु सामाजिक संञ्जालमा देखीएको छ । लकडाउनका बेला रोपाई महोत्सवको नाममा भिडभाड गरेर फजुल खर्च गर्नुको साटो किसानहरुका लागि प्रभावकारी कार्यक्रम बनाउनुपर्ने किसानहरुको भनाई छ ।

सांकेतिक रुपमा दिवश मनाउने भएपनि भिड्भाड गरि मनाएको पाएमा वा लकडाउन उल्लघंन गरेको पाएमा कार्यालय प्रमुखलाई कार्वाही हुने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । अहिले १५ जनाभन्दा बढी भिड् हुन नपाउने नियम बनाईएको छ । रोपाई महोत्सवमा १ जनाभन्दा बढी सगै बसेर रोपाईमा सहभागी भएको छन् । नारायण नगरपालिकाका जनप्रतिनिधिहरु उक्त रोपाई महोत्सवमा सहभागी भएका थिए । अहिले दैलेखमा १ सय ४ जना संक्रिय कोरोना संक्रमित छन् ।