☰ open Loading... 25 November 2024|  

एनआरएनए आईसीसी सदस्यमा टमोटाकाे उम्मेदवारी
  | १६ असार २०७८, बुधबार २१:४८

मलेसिया।गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको यहि जुलाई २५ तारिख हुने निर्वाचनमा (२०२१-२०२३)कार्यकालको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)सदस्यमा टेकबहादुर टमोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

बर्तमान आईसीसी सदस्य समेत रहेका टमोटाले बुधबार आफ्नो आधिकारिक फेसबुक मार्फत पुनः आईसीसी उम्मेद्वारी घोषणा सँगै साथ समर्थनको लागि सबैलाई अनुरोध गरेका छन् ।

 

विगत १४ बर्ष वर्षदेखि मलेसियामा हरेक नेपालीहरुको सुखदुःखमा निरन्तर योगदान पुर्याएका टमोटाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

लामो समयदेखि मलेसियामा बसेर मजदुर तथा ब्यवसायीको रुपमा काम गर्दै आएका टमोटा लाई मलेसियामा क्रियाशील विभिन्न संघ संस्था काम गरेको अनुभव छ। अत्यन्तै सरल स्वभावका टमोटा आर्थिक पारदर्शितामा स्वच्छ ब्यक्ति हुन् ।

 

हामि सँग सम्बाद गर्ने क्रममा एक प्रश्नको जवाफ दिदै उनले भने योगदानको हिसाबले पनि मेरो दाबि स्वाभाविक रहन्छ । मैले हाल सम्म कुनै महत्वपूर्ण कार्यक्रम छुटाएको पनि छैन र मेरो क्षमताले भ्याएसम्म एनआरएनको गरिमालाई उच्च बनाउन कुनै कसर बाँकी राखेको छैन ।

एनआरएनएका विविध मुद्दालाई स्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले दावी गरेका छन् । यसका लागि पुनः मेरो उम्मेद्वारी घोषणा हो । एनआरएनए मलेसियामा आवद्ध सबैको साथ र सहयोगको अपेक्षा र विश्वास गरेको उनले बताए ।

गैर आवासीय नेपाली संघ मलेसिया २०१५-२०१७ को कार्यकालमा केन्द्रिय सदस्य , २०१७-२०१९ को कार्यकालमा केन्द्रिय बरिष्ठ उपाध्यक्ष र २०१९-२०२१को कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत रहेर काम गरिसकेका छ्न।