मलेसिया।गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा महेन्द्रजंग शाहको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ। महेन्द्रजंग शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय देखि मलेसियामा ब्यबसायी गर्दै आएका एक सफल व्यवसायी हुन । विभिन्न समस्यामा परेका नेपालीहरुको सकुशल उद्धार र समस्याको समाधान गर्दै आउने एक सामाजिक ब्यक्ति पनि हुन ।
मलेसियाका बिभिन्न नेपाली संघ संस्थामा आबद्ध हुदै बिगतमा एनआरएन मलेसियाको अध्यक्ष हुदै एनआरएनको आइसिसि सदस्य रहि यस अभियानमा लाग्दै आएका शाहले अध्यक्षमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा सँगै प्रतिबद्धता सहित यसरी अपिल गरेका छन् ।
यस्तो छ हार्दिक अपिल
आदरणीय मलेसियामा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार साथीहरु, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा अभियन्ता , परिषद सदस्यहरु सवैमा न्यानो अभिवादन तथा नमस्कार सर्वप्रथमत मलाई गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद मलेसियाको २०१९/२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको आईसिसि सदस्य पद र त्यो भन्दा पहिले दिनुभएको अध्यक्षको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु । बिगतमा म अध्यक्ष हुदा घोषित कार्यक्रमहरु माथि उल्लेखित बिशेष कारणबश सम्पन्न गर्न असमर्थ भएकोले यी अधुरा कामहरु सम्पन्न गर्न यहांहरुको पुर्ण साथ, सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दै २०२१–२०२३ कार्यकालका लागि पुनः अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु । बिगतमा जस्तै यो कार्यकालमा पनि यहाहरुको सदभाब प्राप्त भई अध्यक्षमा पुनःनिर्बाचित भएमा तपसिलका कामहरु सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । १. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ । २. एनसीसी मलेसियाको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ । ३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ । ४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने । ५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने । ६, प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ । ७, मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ । ८, नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ । ९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ । १०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ । अन्तमा उपरोक्त कार्यहरुको सम्पादनका लागि मेरो उम्मेदवारी रहेको तपाईहरु सम्बद्ध सवैलाई जानकारीका साथै यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा, आशा एवं विश्वास लिएको छु । यहाँहरुको साथ,सहयोग र समर्थनका लागि हार्दिक अपिल सहित महेन्द्रजंग शाह २०२१/२०२३ कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार